SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS

Friday, September 28, 2018

शिक्षक सेवा आयोगले २०७५ असोज ११ गते माध्यामिक तहलाई सोधेका बस्तुगत प्रश्नोत्तर

शिक्षक सेवा आयोगले २०७५ असोज ११ गते माध्यामिक तहलाई सोधेका बस्तुगत प्रश्नोत्तर :-
१) शिक्षण सिकाईको अभिन्न अंगको रुपमा निर्माणात्मक मुल्यांकनलाई कहिले देखि स्विकार गरिएको हो ??
🔊सन १९७० को दशक
२) "पाठ्यक्रम एउटा बिज्ञान हो ।" भनी पाठ्यक्रम लाई परिभाषित गर्ने बिद्वान को हुन ??
🔊Horald Rugg
३) कक्षा ८ को राष्ट्रिय बिध्यार्थी उपलब्धी परिक्षण (NASA) २०१३ मा कुन कुन बिषयको परिक्षण गरिएको थियो ??
🔊नेपाली, सामाजिक र गणित
४) पाठ्यपुस्तकको पाण्डुलिपि मुल्यांकन गराउदा ध्यान दिनुपर्ने मुख्य आधार कुन हो ??
🔊समसामयिकता
५) बहुभाषिक शिक्षा कार्यान्वयनमा ल्याउनका लागि मुख्य आधारहरु कतिवटा निर्धारण गरिएका छन ??
🔊४ वटा
६) शैक्षणिक योजना प्रत्यक्ष रुपमा कुन क्रीयाकलाप संग बढी सम्बन्धित छ ??
🔊शिक्षण सिकाई क्रीयाकलाप
७) विध्यालय विकास प्रस्तावको ढाँचा भित्र कुन पर्दैन ??
🔊शिक्षक छ्नौट समितिको धारणा
८) दैनिक पाठयोजनाको बिशिस्ट उद्देश्य कस्तो हुनुपर्दछ ??
🔊बिद्यार्थिको ब्यबहारमा आएको परिवर्तन लाई मापन गर्न सकिने
९) सूक्ष्म मांसपेशी विकासका लागि कुन क्रीयाकलाप उपयुक्त हुन्छ ??
🔊माला गास्नु
१०) कुन मनोबैज्ञानिकले बालबालिकाको सिकाईका लागि सामाजिक पुरस्कार (जस्तै:- प्रशंसा) को महत्त्वपूर्ण भुमिका हुन्छ भनेका छन ??
🔊अलवर्ट वान्डुरा
११) बालविकासका दृष्टिले कुन उमेर समुहलाई सिर्जनात्मक उमेर मानिन्छ ??
🔊उत्तरवाल्यावस्था
१२) एडगर डेलले "कोन अफ लर्निङ" (१९६०) अनुसार शिक्षाको लागि सबैभन्दा प्रभावकारी विधि कुन हो ??
🔊आफै कार्यक्रम निर्माण गरि प्रस्तुत गर्ने
१३) द्वन्द्व ब्यबस्थापनको दृष्टिले कम महत्त्व दिईने पक्ष कुन हो ??
🔊कमजोर पक्षलाई सहयोग गर्ने
१४) गुणमुलक सिद्वान्त (Trait theory) अन्त्रर्गत कुन पर्दैन ??
🔊स्वस्फूर्त सम्बन्ध
१५) जसले सदस्यहरुलाई कुनै नियन्त्रण गर्दैन र सदस्यको निर्णयलाई सम्पुर्ण रुपमा स्विकार गर्दछ भने त्यो कस्तो नेत्तृत्व हो ??
🔊स्वच्छन्दवादि नेतृत्व
१६) कार्यमुलक अनुसन्धानको पहिलो चरणमा के गर्नुपर्दछ ??
🔊समस्याको पहिचान
१७) शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनका लागि नभै नहुने योग्यता कुन हो ??
🔊नेपाल सरकारको विशिस्ट श्रेणिमा कम्तिमा ५ बर्ष सेवा गरेको
१८) नेपालको संविधान, २०७२ को धारा ३१ मा भएको शिक्षा सम्बन्धि हकमा कुन बिषय समावेश गरिएको छ ??
🔊निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा, मातृभाषामा शिक्षा
१९) नेपालका बिध्यालयहरुमा पुर्वब्याबसायिक तथा ब्याबसायिक बिषयहरुको शिक्षण कहिले बाट भयो ??
🔊वि.सं. २०२८
२०) शिक्षा ऎन, २०२८ (आठौ संशोधन) अनुसार कुन कुन प्रकारका माध्यामिक शिक्षा रहने ब्यबस्था छ ??
🔊साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक
२१) कुन शिक्षा आयोगले माध्यामिक तहमा ब्याबसायिक शिक्षालाई समावेश गर्नुपर्ने भनी जोड दिएको थियो ??
🔊राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८
२२) कक्षा ३,५ र ८ मा गरिएको बिध्यार्थी सिकाई उपलब्धिको राष्ट्रिय परिक्षणले संज्ञात्मक क्षेत्रको कुन तहमा सिकाई उपलब्धि उच्च रहेको देखाएको छ ??
🔊ज्ञान
२३) बिध्यार्थी सिकाई मुल्यांकन तथा परीक्षा सम्बन्धि साहित्यमा उल्लेखित Backwash वा washback को सहि अवधारणा कुन हो ??
🔊बिद्यार्थीको सिकाई तथा शिक्षकको शिक्षणमा परिक्षार्थिले पार्ने नकारात्मक प्रभाव
२४) समाहित शिक्षाको मुल मान्यता कुन हो ??
🔊सिकारुमा भएको बैयक्तिक भिन्नता लाई सम्मान गर्दै उपयुक्त सिकाई अवसर पाएमा सबैले सिक्न सक्छन
२५) सिकाई उपलब्धिको उपयुक्त सुचक कुन हो ??
🔊शैक्षणिक प्रक्रियामा संलग्न विध्यार्थिले पाठ्यक्रम अनुसार हासिल गरेको ज्ञान संज्ञानात्मक सीप र क्षमताको स्तर
२६) राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मुख्य उद्देश्य कुन हो ??
🔊प्रारम्भिक कक्षाको बिद्यार्थिहरुमा गति, यति र लय मिलाई प्रवाह साथ सुद्व संग पढाइ गर्ने सीप सुधार गर्नु
२७) सहश्राब्दी विकास लक्ष्य अन्त्रर्गत शिक्षा क्षेत्रमा सन २०१५ सम्ममा नेपालले हासिल गर्न सकेको लक्ष्य कुन हो ??
🔊प्राथमिक, माध्यामिक र उच्च शिक्षामा महिला पुरुष लैङ्गिक समतामूलक १ हाँसिल
२८) चौधौ योजना (२०७३/७४-२०७५/७६) ले पहिचान गरेको बिद्यालय शिक्षा संग सम्वन्धित चुनौती कुन हो ??
🔊प्राथमिक कक्षा १ देखि ५ सम्म कक्षा छाड्ने र दोहर्याउने दर क्रमश ३.९ र ७.६ प्रतिशत भन्दा कम गर्ने
२९) "सन २०१५ सम्ममा गुणस्तरीय आधारभुत शिक्षामा सर्वशुलभ पहुच सुनिश्चित गरिने" भन्ने कुन योजनाको लक्ष्य थियो ??
🔊सबैका लागि शिक्षा नेपालको राष्ट्रिय कार्ययोजना २००१-२०१५
३०) उच्च स्तरिय राष्ट्रिय शिक्षा आयोग २०५५ ले माध्यामिक तहमा कस्तो ब्यक्तिलाई प्र.अ. मा नियुक्ती गर्नुपर्ने सुझाव दिएको छ ??
🔊योग्यता, जेष्ठता र क्षमतावान स्थायी शिक्षक
३१) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ को सुझाव बमोजिम माध्यामिक शिक्षाको पाठ्यक्रम संग असम्बन्धित आवश्यकता कुन हो ?
🔊परम्परागत सिप
३२) बिद्यालय शिक्षाको प्रस्तावित कार्यनिती र कार्ययोजनाको अवधारणापत्र बमोजिम शिक्षण लाईसेन्स सम्बन्धि कुन भनाई सहि हो ??
🔊शिक्षण लाइसेन्स प्रत्यक ५ बर्षमा नविकरण गर्ने
३३) उच्च शिक्षा नीति २०७२ ले औल्याएको मुख्य समस्या कुन हो ??
🔊उच्च शिक्षाको बिस्तार संख्यात्मक रुपमा हुनु
३४) खुला तथा दुर शिक्षा नीति २०६३ अनुसार दुर शिक्षा/खुला सिकाई परिषद अन्त्रर्गत नीति निर्माण अंगको मुख्य भुमिका के हो ??
🔊बैदेशिक सम्बन्ध स्थापित गर्ने
३५) नेपालमा ब्यबसायिक तालिम ब्यबस्थित रुपमा कुन संस्थाबाट सुरु गरिएको थियो ??
🔊मेकानिकल प्रशिक्षण केन्द्र, बालाजु
३६) शिक्षक विकासका विभिन्न तरिकाहरु मध्य कुन सबैभन्दा महत्त्वपूर्ण छ ??
🔊अध्ययन अनुसन्धान
३७) संयुक्त राष्ट्र संघले कुन बर्षलाई अन्तरास्ट्रिय बाल बर्षका रुपमा मनाउने घोषणा गरेको थियो ??
🔊सन १९७९
३८) "विविधताको सम्मान र सम्बोधन" बालमैत्री बिद्यालयको कुन पक्ष अन्त्रर्गत पर्दछ ??
🔊निर्देशक सिद्धान्त
३९) लैङ्गिक समानताका लागि गरिने सकारात्मक बिभेदलाई के भनिन्छ ??
🔊लैङ्गिक समता
४०) द्वन्द्व समाधान र शान्ती निर्माण अभियानमा महिला सहभागिता कुन दस्तावेजले परिभाषित गरेको छ ??
🔊UN Resolution नं १३२५

निमावी र प्राविको बस्तुगत प्रश्नउत्तर परीक्षा पछि हेर्नको लागि तलको लिंकमा गएर suscribe गर्न नभुल्नुहोला ।।

No comments:

Post a Comment