SUBSCRIBE TO LOKSEWA NEPAL OFFICIAL BLOG FOR DAILY UPDATES AND NEWS

Saturday, December 15, 2018

तयार हुनुस् लोकसेवा परीक्षा लेख्न, १४ हजार विज्ञापन खुल्दै

काठमाडौं । के तपाई सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले आफूलाई तयारी अवस्थामा राख्ने बेला भएको छ ।
(लोकसेवा आयोग तयारीको लागि सहयोगी निसुल्क भिडियो प्राप्त गर्न यहाँ क्लिक गरि अहिलेनै subscribe गर्नुहोस  )




सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ ।
 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।
यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन लगत्तै तीनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ । माघको दोस्रो सातासम्ममा समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको हो ।
केहि दिनअघि मात्र लोकसेवाले कानून क्षेत्रका विभिन्न पदका लागि झण्डै अढाई सय पदका लागि विज्ञापन खुलाईसकेको छ ।

No comments:

Post a Comment